
कक्षाकोठामा विद्यार्थीहरूको व्यवहारमा स्थायी व्यावहारिक परिवर्तन ल्याउन गरिने सम्पूर्ण गतिविधिलाई शिक्षण भनिन्छ । बालकको व्यवहारमा स्थायी परिवर्तन आउनु सिकाइ हो । आजभोलि शिक्षण सिकाइ नभनी शिक्षण सहजीकरण भन्ने गरिएको पाइन्छ । शिक्षकको चिन्तन बालविकास र बालबालिकाको सर्वाङ्खीण विकासमा हुनु जरुरी छ । विद्यार्थीको विवेचनासहित मौखिक वा लिखित रुपमा पुष्टि गर्ने सामथ्र्यको विकास भएमा सिकाइ सहजीकरण उपयुक्त र सान्दर्भिक भएको मान्न सकिन्छ । त्यसैले अनुसन्धानमा आधारित शिक्षण प्रक्रिया अपनाउनु पर्दछ । सिकाइका समस्या, कक्षाकोठाका समस्या समाधानका अलावा बालमनोविज्ञानका कुराहरूमा शिक्षक सधै सचेत रहनु अपरिहार्य छ । विद्यार्थीहरूलाई प्रतिविम्बात्मक तरिकाले चिन्तन गर्न, आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कसङ्खत तरिकाले बुझ्न, ध्यान दिएर सुन्न, आत्मविश्वासका साथ वहस गर्न तथा जीवन पर्यन्त सिक्न र आत्मनिर्भर बनाइ सक्षम नागरिक उत्पादन गर्ने कार्यमा शिक्षकको सोच सधैं सकारात्मक रहनु पर्ने देखिन्छ । विद्यार्थी दिनभर बस्ने र पढ्ने ठाउँ एवम् शिक्षकले शिक्षण गर्ने थलो कक्षाकोठा नै हो । तसर्थ कक्षाकोठामा विद्यार्थीहरूलाई आफैले सोच्न,चिन्तन गर्न, विवेचना गर्नु समस्या समाधान गर्न अग्रसर बनाउनु आजको आवश्यकता हो । यी र यस्तै प्रक्रिया विद्यालयको तल्लो कक्षादेखि उच्च शिक्षाको माथिल्लो तहसम्म तथा पाठ्यक्रमका सबै विषयबस्तुहरूमा लागु गर्न सकिन्छ ।
बालबालिकाका स्वयम्मा रहेका विविधता, पारिवारिक पृष्ठभूमि, सामाजिक सांस्कृतिक मूल्य मान्यता, कक्षामा उसको आगमन जस्ता विविध पक्षले सिकाइमा प्रभाव पार्दछ । ती प्रभावहरूलाई न्यूनीकरण गर्दै शिक्षकले सिकाइ सहजीकरणका लागि पाठ्यक्रममा उद्देश्य र मर्म द्योतन गरी सक्रिय अनुसन्धान, विद्यार्थीद्वारा सिकाइको सुरुवात, सहयोगात्मक सिकाइ, लेखन तथा पठन प्रक्रिया, सिकाइ सहजीकरणमा समावेशीपन र मूल्याड्ढनमा समावेशीकरण गर्दै प्रवद्र्घनात्मक कार्य गर्नु आवश्यकता छ । त्यसै गरी सिकाइ समाहित शिक्षा पद्घतिअनुसार शिक्षण सहजीकरण एवम् सिकाइ वातावरण सबै सिकारुका लागि अनुकुल हुनु पर्दछ ।
-गंगा न्यौपाने